मंगलबार, भाद्र २३ गते २०८३
images

२६ जेठ देखि दोर्दी खोलाले आईपीओ निष्काशन गर्दै, कति कित्ता ?

एक्सप्रेस पाना
जेठ १७, २०७९ मंगलबार
  • 426
    SHARES
  • २६ जेठ देखि दोर्दी खोलाले आईपीओ निष्काशन गर्दै, कति कित्ता ?

    जेठ १७ काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले २६ जेठ देखि आईपीओ निष्काशन गर्ने भएको छ । 

    images

    कम्पनीले सर्वसाधारणका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

    निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    images

    लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १७ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा जेठ ३१ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ९ गतेसम्म लम्बिनेछ।

  • सम्बन्धित विषय:

  • # आईपीओ