बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति भण्डारी सुर्खेतमा

एक्सप्रेस पाना
जेठ १७, २०७९ मंगलबार
  • 251
    SHARES
  • राष्ट्रपति भण्डारी सुर्खेतमा

    जेठ १७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुगेकी छिन् । 

    images

    सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उहाँ आज सुर्खेत आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुगेको जनाएको छ । 

    उहाँ नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आज अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नुहुनेछ । 

    images