शनिबार, भाद्र २७ गते २०८३
images

कुटपिट आरोपमा फरार आरोपित पक्राउ

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 345
    SHARES
  • कुटपिट आरोपमा फरार आरोपित पक्राउ

    जेठ १८ सप्तरी । कुटपिट मुद्दामा फरार रहेका एक जना प्रतिवादी बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-१ का ४२ वर्षीय लालदेव यादव रहेका छन् ।

    images

    सोही ठाउँका दीपेन्द्र यादवले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते तथा तत्कालीन पुनरावेदन अदालत राजविराजले २०६४ साल असार ४ गते प्रतिवादी लालदेव यादवलाई ३ महिना कैद र ७ सय २५ रुपैयाँ जरिवाना तिर्ने फैसला सुनाएको थियो ।

    फैसला सुनाएपछि उनी लुकीछिपी बस्दै आएका थिए । गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरी सप्तरी जिल्ला अदालतमा दाखिला गराउँदा उनलाई कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    images