बुधबार, कार्तिक १९ गते २०८३
images
images

निर्वाचनामा अन्तरघात गरेको भन्दै सिन्धु राप्रपाका नेताहरुलाई कारबाहीको सिफारिस

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 312
    SHARES
  • निर्वाचनामा अन्तरघात गरेको भन्दै सिन्धु राप्रपाका नेताहरुलाई कारबाहीको सिफारिस

    जेठ १८ मेलम्ची । राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कार्यसमितिले भर्खरै सम्पन्न स्थानीय तहको चुनावको समिक्षा बैठक गरेको छ । बैठकले स्थानीय चुनावमा पाटीहित बिपरित कार्य गर्ने, पाटीले उठाएका उमेदवार लाई असहयोग गर्ने, अन्तरघात नेता कार्यकर्तालाइ कारबाहीको लागि सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष कुमारी तामाङले जानकारी दिए ।

    images

    कारबाही सिफारिस गरिएकामा जिल्ला सदस्य फडिन्द्र दाहाल, मेलम्ची नगर उपाध्यक्ष एबम मेलम्ची १० का अध्यक्षका उमेदवार टेक बहादुर तामाङ, मेलम्ची २ का वडा अध्यक्षका उमेदवार थलबहादुर तामाङ मेलम्ची नगर कार्यसमिती सह सचिव अनिल सापकोटा, जिल्ला सदस्य एबम मेलम्ची ५ का इकाइ अध्यक्ष योगेन्द्र सिग्देल लगायत रहेका छ्न ।

    उनिहरुलाइ अन्तरघात गरेको आरोपमा जिल्ला र प्रदेसमा बोधार्थ पठाइ केन्द्रिय समिती र केन्द्रिय कार्यालयमा कारबाहीका लागि सिफारिस गरिएको अध्यक्ष तामाङले बताए । साथै बैठकले अब पाटीलाई ससक्त ढङ्गले अघि बढाउने निर्णय गरिएको उनले बताए । त्यस्तै स्थानीय तहको निर्वाचनमा निर्वाचित पाँचपोखरी थाङपाल ४ का अध्यक्ष कुलबहादुर बस्नेत, वडा ७ का ४ जना, ५ का २ जना र २ नम्बरका १ जना निर्वाचित सदस्यलाई सम्मान पनि गरिएको थियो ।

    images

    बैठकमा क्षेत्र न.२ (क) का प्रमुख बाबुराम खडका, (ख) का उपाध्यक्ष बोलबहादुर तामाङ, पुर्व केन्द्रिय सदस्य बद्रीप्रसाद चौलागाईं, हेलम्बुका पार्सद प्रतिनिधि अम्बर बहादुर पण्डित, मेलम्ची मेयरका उमेदवार सेतबहादुर तामाङ मेलम्ची नगरका अध्यक्ष जिवनाथ घोरासैनी, पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष भिमबहादुर गुरुङ चित्र लगायत उपस्थित रहेका थिए ।