जेठ १९ काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा मूल्य घटाउने तयारी गरेको छ । हाल कायम भएको मूल्यबाट सरकारले १०-१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको छ । इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाएर इन्धनको मूल्य घटाउने तयारी गरेको हो ।
इन्धनमा लाग्दै आएको पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले सहमती जनाएसँगै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले त्यसका लागि अध्ययन सुरु गरेको छ । सरकारले डिजेल र पेट्रोलमा सडक मर्मत, प्रदूषण शूल्क र पूर्वाधार कर लगाउँदै आएको छ । अन्तराष्ट्रिय बजारलाइ आधार मानेर इन्धनको मूल्य तोक्दै आएको सरकारले अन्तराष्ट्रिय बजारमा मूल्य लगातार बढेपछि उपभोक्तालाई राहत दिन कर घटाएर भएपनि मूल्य घटाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा प्रति लिटरमा १०-१० रुपैयाँका दरले पूर्वाधार कर घटाउन सहमती जनाएको हो ।
.jpg)


