शनिबार, भाद्र २७ गते २०८३
images

सांस्कृतिक कार्यक्रम हेरेर फर्किँदा अपहरण, अपहरणपछि सामूहिक बलात्कार

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 367
    SHARES
  • सांस्कृतिक कार्यक्रम हेरेर फर्किँदा अपहरण, अपहरणपछि सामूहिक बलात्कार

    जेठ १९ कपिलवस्तु । सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ । 

    images

    बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर-५ का निरज कार्की, वडा नम्बर-४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर– ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन् । मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण भएको थियो । 

    images

    घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रुपन्देही कञ्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाएपछि रातिदेखि प्रहरीले खोजतलास गरेको थियो । 

    सोही क्रममा बुधबार मध्याह्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए । अनुसन्धानको क्रममा उनीहरूले बालिकालाई अपहरण पछि कञ्चन गाउँपालिका– ३ रुद्रपुरमा लगी बलातकार गरेको खुलेको उनले बताए । न्युज कारखाना