बुधबार, भाद्र २४ गते २०८३
images

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ओपन नलेज नेपाललाई ३० लाख सहयोग

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 460
    SHARES
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ओपन नलेज नेपाललाई ३० लाख सहयोग

    जेठ १९ काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३०,३६,७५० रुपैयाँ सहयोग प्रदान गरिएको छ । 

    images

    किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभुत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ । 

    यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्युचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड” संग मिल्दोजुल्दो छ । सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रणु सिंहद्वारा ओपन नलेज नेपालका सिइओ नतसी निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो “विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको छ

    images

  • सम्बन्धित विषय:

  • # बैंक