आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 273
    SHARES
  • स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

    भाद्र ४ वीरगञ्ज । स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी गरुडा नगरपालिका–१ जयनगर बस्ने ३५ वर्षीय अनिल भन्ने विकास साह छन्।

    images

    सीमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इशनाथ नगरपालिका– १ बंजरा टोलबाट दुबै जनालाई पक्राउ गरेको हो।

    बा ३९ प १६९१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा दुवै जनाको साथबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता नारायणप्रसाद चिमरियाले जानकारी दिए।

    images

    भारतीय रुपैयाँसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको चिमरियाले बताए।