बुधबार, कार्तिक १९ गते २०८३
images
images

तारकेश्वर गाउँपालिकाको कार्यालय सामुदायिक भवनमा, बार्षिक ८ लाख बचत

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 467
    SHARES
  • तारकेश्वर गाउँपालिकाको कार्यालय सामुदायिक भवनमा, बार्षिक ८ लाख बचत

    जेठ १९ नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको आज बसेको पहिलो कार्यपालिका बैठकले दानसिङस्थित गाउँपालिकाको कार्यालय दानसिङकै दशैडाँडाको सामुदायिक भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। हाल भाडाकाे भवनमा कार्यालय रहेकोमा सुविधासम्पन्न उक्त सामुदायिक भवनमा छिट्टै स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

    images

    सामुदायिक भवनमा प्रयाप्त पार्किङ, शौचालय, पानीलगायतका सबै सेवासुविधा रहेको र भौतिक संरचना समेत राम्रो रहेकाले ग्राहकको सहजसेवाका लागि उपयुक्त रहेको बताइएको छ । गाउँपालिकाले हाल बार्षिक ८ लाख रुपैयाँ कार्यालय भाडा तिर्दै आएको छ। स्थानान्तरण गरेपछि उक्त भाडा बचत हुनेछ ।

    यस्तै यहि बैठकले तारकेश्वरका नागरिकको जन-गुनासोलाई सम्बोधन गर्न हटलाइन संचालन गर्ने निर्णय पनि गरेको छ । कुनै पनि समस्या वा गुनासो भएमा नागरिकले चौबीसै घण्टा हटलाइना टिपाउन सक्ने गाउँपालिका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

    images