बिहीबार , कार्तिक २० गते २०८३
images
images

पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्छ : कांग्रेस नेता महर

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 263
    SHARES
  • पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन  गर्नुपर्छ : कांग्रेस नेता महर

    जेठ २० काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित पिछडावर्गको राष्ट्रिय सम्मेलनमा महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताएका हुन् ।

    images

    राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय सम्मेलन २०७९ कार्यक्रमका प्रमुख आतिथि रहेका महरले कुनै वर्ग जातिलाई पछाडि राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताए । उनले नेपालमा वैधानिकरूपमा समावेशी प्रणाली लागु गर्ने पहिलो पार्टी पनि नेपाली कांग्रेस रहेको दाबी गरे ।

    Avatarनेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुखको अर्थ नै सबै वर्गको समान प्रकृतिको विकासको कल्पना नै भएको महरको भनाई थियो । नेविसंघको अध्यक्ष हुँदादेखि नै शिक्षा, स्वास्थ्य लगायत आधारभूत कुराहरूका लागि निःशुल्क गर्नुपर्ने माग जोडदार रुपमा आफूले उठाउँदै आएको उनको दाबी थियो ।

    images

    Avatar