आइतबार, कार्तिक १६ गते २०८३
images
images

‘बिर्तामोड काण्ड’ भन्दै व्यक्तिको चरित्र हत्या गरेको आरोपमा तीन जना पक्राउ 

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 332
    SHARES
  • ‘बिर्तामोड काण्ड’ भन्दै व्यक्तिको चरित्र हत्या गरेको आरोपमा तीन जना पक्राउ 

    भाद्र ५ काठमाडौं । युट्युबरको आवरणमा भिडियो खिचेर  ‘बिर्तामोड काण्ड’ भन्दै चरित्र हत्या गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

    images

    ती युट्युबरले बिर्तामोडको एक होटलको कोठाभित्र बसेर खाजा खाइरहेका दुई महिला र एक पुरुषको भिडियो खिचेर सार्वजनिक गरेका थिए । 

    पीडित व्यक्तिले आफ्नो चरित्र हत्या भएको भन्दै ६ जना विरूद्ध उजुरी दिएको र हालसम्म तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेमराज भट्टराई, सुवास कार्की र खगेन्द्र घिमिरे छन् । घिमिरे युट्युबर हुन् भने कार्की र भट्टराईले उनलाई सहयोग गरेको आरोप छ । 

    images

    पक्राउ परेका सबैविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।