आइतबार, कार्तिक १६ गते २०८३
images
images

ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने 

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 376
    SHARES
  • ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने 

    भाद्र ५ काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् ।

    images

    आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

    लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । माग र मुद्दाका आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ,’ भण्डारीले भने, ‘ यो सरकारलाई हामीले भोट पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ ।’ नागरिक दैनिकमा समाचार छ ।

    images