आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकी उपराष्ट्रपति ह्यारिस एसियाको भ्रमणमा

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 363
    SHARES
  • अमेरिकी उपराष्ट्रपति ह्यारिस एसियाको भ्रमणमा

    एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण–पश्चिम एसिया भ्रमणमा निस्किएकी छिन् । अमेरिकामा जो बाइडेनले सत्ता सम्हालेपछि एसिया क्षेत्रमा भएको यो नै पहिलो उच्चस्तरीय भ्रमण भएको हो ।

    images

    हाल एसियाका दुई मुलुकको भ्रमणमा निस्किएकी उपराष्ट्रपति कमला आइतबार सिंगापुर पुग्ने कार्यक्रम रहेको छ । उनी त्यहाँबाट मंगलबार भियातनाम जाने कार्यक्रम रहेको बतायएको छ ।

    यी दुवै मुलुकमा चीनको राम्रो प्रभाव रहेको बताइन्छ । यिनै देशको भ्रमण गरेर ह्यारिसले चीनसँगको सम्बन्ध सुमधुर बनाउने प्रयास गर्ने अनुमान गरिएको छ । सिंगापुरमा इन्डो प्यासेफिक भिजनको बारेमा उनले मन्तव्य दिनेछिन् भने भियातनाममा अमेरिकी स्वास्थ्यसम्बन्धी कार्यालय उद्घाटन गर्नेछिन् ।

    images

    यसका साथै अफगानिस्तानको पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि नजिकबाट नियाल्ने अमेरिकी समाचार एजेन्सीहरुको विश्लेषण छ।