बुधबार, भाद्र २४ गते २०८३
images

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपाल लिमिटेडबीच सम्झौता

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 340
    SHARES
  • स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपाल लिमिटेडबीच सम्झौता

    जेठ २३ काठमाडौं । नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच युनिलिभरका वितरकहरुलाई आपुर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । 

    images

    यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनपर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपुर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीयुत उपलब्ध गराउने हेतुले निर्माण गरिएको हो, जसले उनीहरुको सम्पुर्ण चालु पुँजीलाई समेट्दछ, जसले गर्दा वितरकहरुलाई विशेष गरेर महामारी, तरलता आदि लगायतका कठिन समयहरुमा उनीहरुको
    वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाऊ पुग्न सक्छ । यसैगरी यसले ठूला कर्पोरेटहरुलाई थप दिगो एवं लचिलो आपुर्ति आबद्धताहरु लागु गर्न पनि सहयोग गर्नेछ । 

    विश्वव्यापी रुपमा कारोबारी बैंकिङ्ग व्यवसायको मध्यस्थतामा प्राप्त १५० वर्षभन्दा बढीको अन७३घढसभवका साथ स्ट्याण्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय वाणिज्य तथा आपुर्ति आबद्ध वित्तीय समाधानको प्रमुख सेवा प्रदायक हो । हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एससिबि नेपालका सिइओ अनिर्वाण घोष दास्तिदारले भन्नु भयो “युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएको बैंक हर्षित भएको छ ।

    images

    हामीले हाम्रा कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न हाम्रो डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका छौं र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा हामी कटिबद्ध छौं ।” सोही अवसरमा य७३घढसएनएलका प्रबन्ध निर्देशक नतसी अम्लन मुखर्जीले भन्नु भयो “वितरक वित्तीय कार्यक्रमले खास गरेर कठिन आर्थिक अवस्थाहरुमा युएनएललाई निर्वाध प्रगती गर्न सक्षम बनाएको छ र जिन्दगीलाई जीवन्तता प्रदान गर्ने हाम्रा ब्राण्डहरुको आपुर्तिलाई निरन्तर रुपमा उपलब्ध गराएर हाम्रा ग्राहकहरुलाई सेवा प्रदान गर्न मद्दत गरेको छ ।

    वितरक वित्तीय कार्यक्रम बजार विकास गर्ने एक स्रोत हो र हाम्रा ग्राहकहरुको महत्वपुर्ण आबद्धता सुहाउँदो मोडल विकास गर्न सफल भएकोमा हामी अत्यन्त उत्साहित पनि छौं । यो सम्झौता अत्यन्त उपयुक्त÷सान्दर्भिक समयमा विशेष गरी साना मझौलाका लागि भएको भनी प्रशँसा गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # बैंक