शनिबार, भाद्र २७ गते २०८३
images

१३ केजी गाँजासहित एक किशोरी पक्राउ

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 264
    SHARES
  • १३ केजी गाँजासहित एक किशोरी पक्राउ

    जेठ २३ सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–९ बाट करिब १३ केजी अवैध लागूऔषध गाँजासहित एक जना किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने १८ वर्षीया किशोरी छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    टाउँकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । 

    images

    प्रहरीलाई देख्नासाथ बोकेको ढाकी खेतमा घोप्टयाई भागेकी उनलाई सोही नगरपालिका–९ बस्ने धनराज साहको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । उनले फालेको ढाकी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।