आइतबार, कार्तिक १६ गते २०८३
images
images

अध्यक्ष थापाले छाडे संयोजकको जिम्मेवारी 

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 274
    SHARES
  • अध्यक्ष थापाले छाडे संयोजकको जिम्मेवारी 

     

    images

    भाद्र ५ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजक पद छाडेका छन् ।

    शनिबार बिहान सामाजिक सञ्जालमार्फत थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् । 

    images

    उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा।प्रकाशचन्द्र लोहनीमध्ये एक जनालाई लिन उनको आग्रह छ । अध्यक्षद्वयले जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन थापाको आग्रह छ ।