आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पे मार्फत “फुडमान्डु”को भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 322
    SHARES
  • आइएमई पे मार्फत “फुडमान्डु”को भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

    जेठ २४ काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” वीच सम्झौता भएको छ । सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । 

    images

    “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा ५०० सम्म मात्र हुनेछ । 

    यस्तै यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा ५०० सम्म मात्र हुने आइएमई पेले बताए ।

    images