बुधबार, कार्तिक १९ गते २०८३
images
images

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 264
    SHARES
  • गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

    जेठ २४ काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभा भवन नदिपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुतीकरण भैरहेको छ । बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ ।

    images

    संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति कार्यक्रम पेश गर्न पुगेका गुरुङलाइ नेपाल प्रहरीकाे टुकडीले सलामी दिएकाे छ ।