शनिबार, भाद्र २७ गते २०८३
images

स्रोत नखुलेको तीन करोड ८९ लाख नगदसहित पाँच जना पक्राउ

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 434
    SHARES
  • स्रोत नखुलेको तीन करोड ८९ लाख नगदसहित पाँच जना पक्राउ

    जेठ २४ काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् । 

    नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो ।

    images

    प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।