आइतबार, कार्तिक १६ गते २०८३
images
images

कोदारी राजमार्ग सञ्चालनमा 

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 451
    SHARES
  • कोदारी राजमार्ग सञ्चालनमा 

    सिन्धुपाल्चोक । गत असार १ गते अविरल बर्षासँगै आएको बाढी र पहिराले कटान गरी अवरुद्ध भएको कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ । 

    images

    महिना दिनदेखि सडक खुलाउन प्रयास गरिएको भएपनि सडक मर्मतपछि आजबाट आंशिकरुपमा सञ्चालनमा ल्याइएको हो । सडक डिभिजन कार्यालय चरिकोटका  इन्जिनियर विजय महतोले केही साता भित्र राजमार्ग पूर्णरुपमा सञ्चालनमा आउने बताए 
    । 

    नेपालीहरूको महान् चाड पर्व दसैँ र तिहार नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामानको सहज आयातका लागि पनि तातोपानी नाका सुचारु गरिनुपर्ने आवश्यकता रहेकाले तदारुकताका साथ काम भइरहेको महतोले बताए ।

    images

    चीनसँगको छोटो दूरीको तातोपानी नाकाबाट अहिले निर्यात ठप्प छ । आयात पनि सहज ढङ्गले भएको छैन। गत २०७२ बैशाख १२ को विनाशकारी भूकम्पको कारण क्षति भएको यो राजमार्ग प्रत्येक वर्षको समयमा सधै बन्द हुने गरेको छ ।