आइतबार, कार्तिक १६ गते २०८३
images
images

सगरमाथा जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्दै, कहिले बाट आउला ?

एक्सप्रेस पाना
जेठ २५, २०७९ बुधबार
  • 334
    SHARES
  • सगरमाथा जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्दै, कहिले बाट आउला ?

    जेठ २५ काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ । 

    images

    इलाम नगरपालिकामा रहेको ९।६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामुहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो ।

    कम्पनीको कुल पुँजी १ अर्ब १२ करोड छ । जसमध्ये स्थानीयका लागि ११ लाख २० हजार कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी कुल ५४ लाख ८८ हजार कित्ता आईपीओ खुला गर्ने तयारी गरेको हो ।

    images

    आईपीओ निस्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।