आइतबार, कार्तिक १६ गते २०८३
images
images

मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदका प्रस्ताव

एक्सप्रेस पाना
जेठ २५, २०७९ बुधबार
  • 427
    SHARES
  • मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदका प्रस्ताव

    जेठ २५ काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन् ।

    images

    प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरु पदमाकुमारी अर्याल, बिमला बिक, लालबाबु पण्डित र गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव गर्ने भएका हुन् ।

    बैठकमा प्रस्तुत विनियोजन विधेयक-२०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अर्यालले, बाणिज्य तथा आपूर्ति मन्त्रालयको बिकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पण्डितले र सूचना तथा सञ्चार मन्त्रालयको बास्कोटाले खर्च कटौती गरी एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    images