भाद्र ५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् ।
गत बिहिवार बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष प्रचण्डले आफूले अस्वस्थता महसुश गर्दागर्दै पनि कार्यक्रममा आएको बताएका थिए । हिजो शुक्रबार रुघा, खोकी, ज्वरो देखिएपछि परिक्षण गरिएको थियो ।
कोरोना भाइरस संक्रमको समेत परिक्षण गरिएको तर कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ । परिक्षण गरेका चिकित्सिकले भाइरज ज्वरो आएको बताएकाले सामान्य औषधी खाएर घरमै आराम गरेर बसेका छन् ।
.jpg)


