आइतबार, कार्तिक १६ गते २०८३
images
images

काम सकेर घर फर्किदै थिए....

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 561
    SHARES
  • काम सकेर घर फर्किदै थिए....

    काम सकेर घर फर्किदै थिए बानेश्वर चोकमा गाडीबाट झरेर तीन फड्को के मारेको थिए यक्कासी मेरा पाइला त्यही रोकिए । यी निर्दोष मेरा आँखा टाट माथि बिछ्याइएका राता पहेला अनि हरिया फल माथि पुग्यो ओहो यो त खुर्पानी (आरुबखडा) पो रहेछ ।

    images

    कति मिठो स्वाद हुन्छ यसको भन्ने सोच्न पनि नभ्याउदै फोहोर मलाई भन्ने डस्टबिन आढैमा बिना ओत त्यो फल बेच्न बस्नुभएकी एक वृद्ध आमामा पर्न गयो त्यो आधा भन्दा बढी फल त नबिकेर कुहिएर काला नै भैसकेछन्, मेरा आँखा रसाए, थुक्क मेरो देश धिक्कार छ ! 

    No description available.

    images

    त्यही बुढी आमा को अगाडीबाट मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिका काला सिसा भएका चिल्ला गाडी नगुडेका भने होइनन्, यही बुढी आमाको अगाडिबाट सयौं पटक भिआइपी सवारी भएको यी आँखाले देखेको छ । लोकतन्त्र अनि प्राजातान्त्रिक, गणतन्त्रका गरिबिका नाराका पानाहरु कतै यही फोहोर मलाई भन्ने डब्बाको भित्र त बर्शौ यता कुहिइरहेको त छैनन भन्ने भान म मा आयो ,

    यस्तै सोच्दै हतार हतार पाइला घर तिर बढाए, त्यहाबाट निस्किएको केही मिनेटमा नै मूशल्धारे पानी दर्कियी म घर भित्रमात्र के पसेको थिए बाटो को व्यापारी आमाको याद आयो कठै मुसल्धारे पानी ले पक्कै नि पिट्यो होला खै कस्ले ओत दियो होला र उन्लाई ? सरकारको ध्यान कैले जान सकेन कठै मेरो देश नेपाल !
               

    कोपिला दाहाल (तुल्सिपुर-७ दाङ)