बिहीबार , कार्तिक २० गते २०८३
images
images

कीर्तिपुरकाे स्थानीय संस्कृतिमा आधारित उद्योग व्यवसायलाई बढावा दिनुपर्छ : अर्थविद् नूरसागर श्रेष्ठ

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 342
    SHARES
  • कीर्तिपुरकाे स्थानीय संस्कृतिमा आधारित उद्योग व्यवसायलाई बढावा दिनुपर्छ : अर्थविद् नूरसागर श्रेष्ठ

    जेठ २६ काठमाडौं । कीर्तिपुरमा उद्योग व्यवसाय विस्तारमा सहकार्य गरेर अगाडि बढ्ने महत्त्वपूर्ण समझदारी भएको छ । कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा गत मंगलबार उद्योगपति, व्यापारी र नवर्निवाचित स्थानीय निकायका पदाधिकारीबीच भएको शुभकामना तथा साक्षात्कार कार्यक्रममा यस्तो समझदारी भएको हो ।

    images

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं उद्योगपति शेखर गोल्छाले स्थानीय निकायसँग सहकार्य गरेर कीर्तिपुरमा उद्योग स्थापना गर्न आफूहरू तयार रहेको जनाए । लगानीमैत्री वातावरण निर्माणमा राज्यका अंगहरूको महत्त्वपूर्ण भूमिका रहने जनाउँदै अध्यक्ष गोल्छाले त्यसकालाई स्थानीय सरकार लगानी भित्र्याउन सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सांघाईले स्थानीय निकायले करको दर बढाउने होइन दायरा बढाएर कर तिर्न कर होइन रहर लाग्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले कीर्तिपुरमा उद्योग व्यवसाय स्थापना र विकासमा आफू इच्छुक रहेको समेत जनाए ।

    images

    उद्योगी व्यापारीहरूको कुरा सुनेपछि कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उत्साही हुँदै, उद्योगपतिहरूसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको जनाए । कीर्तिपुरमा औद्योगिक ग्राम स्थापना, स्थानीय उत्पादन, सीपमा आधारित उद्योगहरूलाई प्राथमितामा राखेर काम गर्न तयार रहेको बताउँदै, उद्योगीहरूसँग हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा कीर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले कीर्तिपुरको उत्थान र विकासका लागि स्थानीय निकाय र राष्ट्रिय स्तरका उद्योगी व्यापारीहरूबीच समन्वयकारी भूमिका खेल्दै समृद्ध कीर्तिपुर निमार्णका लागि आफू सधैं तयार रहको  जनाइन् । कार्यक्रममा अर्थविद् नूरसागर श्रेष्ठले, कीर्तिपुरको मौलिक काष्ठकला र सीपको संरक्षण गर्दै, स्थानीय संस्कृतिमा आधारित उद्योग व्यवसायलाई बढावा दिनुपर्नेमा जोड दिए ।