आइतबार, कार्तिक १६ गते २०८३
images
images

जापान बाट आयो अष्ट्राजेनेकाको थप २ लाख ८ हजार ६० डोज खोप

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 244
    SHARES
  • जापान बाट आयो अष्ट्राजेनेकाको थप २ लाख ८ हजार ६० डोज खोप

    भाद्र ५ काठमाडौं । जापानबाट आज (शनिबार) अष्ट्राजेनेकाको थप २ लाख ८ हजार ६० डोज खोप काठमाडौं आइपुगेको छ । 

    images

    जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त शनिबार बिहान आइपुगेको होे । कतार एयरलाइन्समार्फत खोप ल्याइएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार यसअघि अस्ट्राजेनेकाको पहिलो खोप लगाएर पखाइमा रहेका ६५ वर्षमाथिकालाई यो खोप लगाइनेछ ।

    यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० खोप नेपाल भित्रिसकेको छ । बाँकी खोप भने सोमबार सम्ममा नेपाल आइपुग्ने जनाइएको छ । जापानले को–भ्याक्स कार्यक्रममार्फत नेपाललाई उक्त खोप दिएको हो ।

    images