बुधबार, भाद्र २४ गते २०८३
images

रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

एक्सप्रेस पाना
जेठ २९, २०७९ आइतबार
  • 423
    SHARES
  • रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

    जेठ २९ काठमडौं । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना ग¥यो । केन्द्रीय कार्यालय पानीपोखारीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो । 

    images

    आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गर्नुभएको उक्त प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धि नारा अंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # IMEPAY