शनिबार, भाद्र २७ गते २०८३
images

बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

एक्सप्रेस पाना
आषाढ ३, २०७९ शुक्रबार
  • 280
    SHARES
  • बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

    असार ३ काठमाडौं । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।

    images

    गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।