शनिबार, भाद्र २७ गते २०८३
images

ससुरालीमा ज्वाईको हत्या

एक्सप्रेस पाना
आषाढ ४, २०७९ शनिबार
  • 344
    SHARES
  • ससुरालीमा ज्वाईको हत्या

    असार ४ नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ मा ज्वाइँलाई ससुरालीमा बोलाएर हत्या गरिएको छ । हत्या गरेको आरोपमा बेलकोटगढी नगरपालिका वडा नम्वर ८ बाट मृतककी पत्नीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान बेलकोटगढी नगरपालिका–८ काशिटारस्थित चन्द्रबहादुर तामाङको घरमा ककनी गाउँपालिका–८ का ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो ।

    images

    प्रहरी टोलिले प्रारम्भिक अनुसन्धानपश्चात् ४ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ससुराली गएका एकबहादुरलाई बुधबार राति १२ बजे उनकी श्रीमती ३५ वर्षीया ज्ञानमाया तामाङ, ससुरा ६७ वर्षीय चन्द्रबहादुर भनिने बीरबहादुर तामाङ, विदुर नगरपालिका–१२ का ३४ वर्षीय दुखीराम तामाङ र १४ वर्षीय बालक मिलेर प्लाष्टिकको डोरीले हातखुट्टा बाँधी चिर्पटले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रहरी टोली घटनास्थल पुग्दा मृतक एकबहादुर डोरीले बाँधिएकै अवस्थामा थिए । प्रारम्भिक अनुसन्धानपश्चात् हत्यामा संलग्न देखिएका चारै जनालाई पक्राउ गरी जिल्ला अदालत नुवाकोटबाट शुक्रवार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

    images