शनिबार, भाद्र २७ गते २०८३
images

जयबागेश्वरी माध्यमिको नवनिर्मित भवन उद्घाटन

एक्सप्रेस पाना
आषाढ ५, २०७९ आइतबार
  • 330
    SHARES
  • जयबागेश्वरी माध्यमिको नवनिर्मित भवन उद्घाटन

    असार ५ हेलम्बु । जयबागेश्वरी माध्यमिक विद्यालय हेलम्बु ३ पाल्चोकको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

    images

    ‘शिक्षा विकास तथा समन्वय इकाई’को सहयोगमा निर्मित ४ कोठे पक्की भवनको पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको हो ।

    No description available.

    images

    इकाईको ६९ लाख ७० हजार सहयोगमा भवन निर्माण सम्पन्न भएको हो । प्रगति  प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक राम गोपाल श्रेष्ठले भवन निर्माणमा रकम नपुगेको बताउँदै ‘इ सिडी’ कक्षामा सामग्री र शिक्षकको तलब अभाव रहेको विद्यालयमा पर्याप्त दरबन्दी नरहेको बताउनुभयो ।कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि पूर्व मन्त्री बस्नेतले गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँदै पाल्चोक मन्दिर, सडक खानेपानी , विद्युतको साथै  हेलम्बुको पर्यटन समग्र  हेलम्बुको विकासमा आफू सधैँ लागि पर्ने बताउनुभयो ।

    No description available.

    काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य कृष्ण कुमार तामाङ समीरले २२५ जना बिध्यार्थीलाई ट्र्याक सुट र शैक्षिक सामग्री र मेलम्ची उप सभापति रामशरण गिरिले सरस्वती मन्दिर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण गिरिको सभापतित्वमा सपन्न भएको हो।