आइतबार, कार्तिक १६ गते २०८३
images
images

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

एक्सप्रेस पाना
आषाढ ७, २०७९ मंगलबार
  • 351
    SHARES
  • विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

    असार ७ चितवन । जिल्लाको  इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई  निःशुल्क  स्वास्थ्य बीमा गरिदिने भएको छ ।  गरिबीका कारण गाउँपालिकाका नागरिकहरु  स्वास्थ्य बीमाबाट वञ्चित  भएकाले कुनै पनि नागरिक  स्वास्थ्य  बीमाबाट नछुटोस् भन्ने  उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।  

    images

    आर्थिक अभावका कारणले नै यहाँका  नागरिक नेपाल  सरकारले  लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको  गाउँपालिका अध्यक्ष  दानबहादुर गुरुङले बताउनुभयो । स्वास्थ्य बीमा नहुँदा यहाँका नागरिकले  बिरामी हुँदा उपचारसमेत गराउन नसकेको उहाँको भनाइ  थियो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँका कतिपय नागरिक स्वास्थ्य बीमा पनि गर्न सक्ने अवस्थामा  छैनन्, बिरामी हुँदा अस्पतालसम्म जान सवारी भाडासमेत हँुदैन, अस्पतालमा  भर्ना भएपछि डिस्चार्ज गर्ने रकम नहँुदा समस्यामा पर्ने  गरेका  छन् ।”  अस्पतालमा   उपचार खर्च तिर्न नसक्दा धेरै पटक आफूले जिम्मेवारी लिएर डिस्चार्ज गरेको उहाँको  भनाइ छ । स्वास्थ्य बीमा नहुँदा  उपचारका  लागि चन्दा उठाउनुपर्ने बाध्यतासमेत  रहेको भन्दै अध्यक्ष गुरुङले विपन्न परिवारको पहिचान गरी निःशुल्क  स्वास्थ्य बीमा  गर्ने गाउँपालिकाले निर्णय गरेको  बताए ।