शनिबार, भाद्र २७ गते २०८३
images

बाढी र डुबानका कारण विद्यालय बन्द

एक्सप्रेस पाना
आषाढ १५, २०७९ बुधबार
  • 268
    SHARES
  • बाढी र डुबानका कारण विद्यालय बन्द

    असार १५ इनरुवा । लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । 

    images

    दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए । 

    डुबानका बेलामा विद्यालय जाने क्रममा बालबालिकामाथि हुनसक्ने सम्भावित जोखिम हुन नदिनका लागि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इनरुवा क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको प्रमुख भण्डारीले बताए ।

    images

    त्यसैगरी देवानगञ्ज गाउँपालिकाले समेत गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुँडामणि गुरागाइँले जानकारी दिए ।