असार १६ मेलम्ची । बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तथा बाल बिवाह न्यूनीकरण सम्बन्धि दुई दिने रणनीति योजना निर्माण कार्यक्रम सुरु भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा संञ्चालित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधान लगायत वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सम्बन्धित शाखाका कर्मचारी, प्रहरी, पत्रकार लगायत सहभागी छ्न ।
प्रशिक्षक अशोक खनालले दुई दिनसम्म बालमैत्री वडा नगर घोषणा गर्न आवश्यक कुराहरुको बारेमा जानकारी गराउनुहुने मेलम्ची नगरपालिकाका कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै नगरप्रमुख तामाङले बालविवाह, बालश्रम न्यूनीकरण गर्दै यस बर्ष वडा ५, ७ र ८ तथा आगामी ५ बर्षभित्र बालमैत्री वडा सहित नगरलाई बालमैत्री बनाइने बताउनुभयो ।
त्यस्तै उप-प्रमुख उमा प्रधानले पाँच बर्षभित्र नगरलाई बालमैत्री बनाउन आवश्यक सुचकको बारेमा दुई दिने कार्यक्रमले रणनीति तयार गर्ने र चाडैँ नै बालमैत्री वडा र नगर घोषणा गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बालकल्याण अधिकारी झपेन्द्रराज खरेलले हालसम्म मेलम्ची नगरपालिकाले गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।


