बुधबार, भाद्र २४ गते २०८३
images

क्यानडामा नेपलीज क्यानडियन क्रिकेट क्लवले गर्यो राष्ट्रिय क्रिकेट टोलीसँग भेटघाट

एक्सप्रेस पाना
आषाढ २०, २०७९ सोमबार
  • 478
    SHARES
  • क्यानडामा नेपलीज क्यानडियन क्रिकेट क्लवले गर्यो राष्ट्रिय क्रिकेट टोलीसँग भेटघाट

    असार २० काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपलीज क्यानडियन क्रिकेट क्लवले "मिट एन्ड ग्रीट "कार्यक्रम आज आयोजना गरेर सम्पन्न गरेको छ।

    images

    क्यानाडामा रहनु हुने नेपालीहरुले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई भेटघाट गराउन यस कार्यक्रम गरेको नेपलीज क्यानडियन क्रिकेट क्लवका सचिव विनय यादवले जानकारी दिए।

    संस्कृतीक कार्यक्रम साथसाथै नेपाली राष्ट्रिय क्रिकेट सँग नेपाली समुदायहरुसँगको मिट एन्ड ग्रीट कार्यक्रम सफलताको साथ सम्पन्न भएको र कार्यक्रममा एनआरएनए क्यानडा एमबस्सि अफ क्यानडा नेपालले यस कार्यक्रम गराउन सहयोग गर्नु भएको  र यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ दिनु हुने सम्पूर्ण अग्रज व्यक्तित्व र कम्पनी हरु प्रति धन्यवाद व्यक्त गरेको जानकरी नेपलीज क्यानडियन क्रिकेट क्लवका अध्यक्ष कीरोज श्रेष्ठले जानकारी दिए।

    images

    अब क्यानडा भ्रमणमा रहेको नेपालले यसपछि घरेलु राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय श्रृंखला खेल्नेछ ।

    नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय श्रृंखला असार २० गते र दोश्रो एकदिवसीय श्रृंखला असार २१ गते हुनेछ ।

    त्यसपछि नेपाल विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । स्कटल्याण्डमा नेपालले लिग टु अन्तर्गतको श्रृंखलामा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट