शनिबार, भाद्र २७ गते २०८३
images

रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ

एक्सप्रेस पाना
आषाढ २०, २०७९ सोमबार
  • 398
    SHARES
  • रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ

    असार २० रुपन्देही । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो । पक्राउ परेकाहरुमध्येबाट मोटरसाइकल चालक चिनक भनिने हुसेनको दाँहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको दुई राउण्ड गोली र चक्कु एक थान फेला परेको प्रहरीको भनाइ छ ।

    images

    आइतबार राति ८ः३० बजे उक्त कार्यालयबाट प्रहरी निरीक्षक युवराजजङ्ग कार्कीको नेतृत्वमा  गस्तीमा खटिएको प्रहरीले युपी ५५ एडी ०६८४ नम्बरको मोटर साइकललाई शङ्का लागी पिछा गर्दै जाने क्रममा लुम्बिनी–६ बसपार्क नजिक मोटसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिइ दुर्घटना भएको थियो । मोटरसाइकल दुर्घटनामा परी तीनै जना घाइते भएकाले उनीहरुलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।