शनिबार, भाद्र २७ गते २०८३
images

वैदेशिक रोजगारीको प्रलोभन दिई ठग्ने पक्राउ

एक्सप्रेस पाना
आषाढ २३, २०७९ बिहीबार
  • 303
    SHARES
  • वैदेशिक रोजगारीको प्रलोभन दिई ठग्ने पक्राउ

    असार २३ काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रु पचहत्तर हजारसहित पक्राउ गरेको छ ।

    images

     पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई  हाल वीरगञ्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ । कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क टिकट र भिसामा विदेश पठाइदिन्छु भन्दै प्रलोभन देखाएर रु २५ हजारदेखि रु दुर्ई लाखसम्म रकम ठगेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले कानुको डेराबाट नेपाली रु तीन लाख र भारतीय रुपैयाँ एक लाख ४८ हजार नगद तथा आइएमईका कागजातसहित नियन्त्रणमा लिई ठगीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

    images

    कानुले रकम हात पार्न आफ्नो नागरिकता प्रयोग नगरी अन्य व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरेर आइएमईमार्फत रकम झिकेको उजुरीका आधारमा  डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।