शनिबार, भाद्र २७ गते २०८३
images

प्रहरी प्रवक्तामा डिआइजी राई

एक्सप्रेस पाना
आषाढ २३, २०७९ बिहीबार
  • 401
    SHARES
  • प्रहरी प्रवक्तामा डिआइजी राई

    असार २३ काठमाडौं ।
    नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ । 

    images

    उहाँ हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति हुनुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ ।

    पदोन्नति हुनुअघि उहाँ बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा हुनुहुन्थ्यो । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।

    images