पर्सा । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनरुवाबाट असार २७ गते सशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ सय वटा र कोरेक्स दुई बोतलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार जिल्ला पूर्वी चम्पारण मौजी ग्राम पन्चायत घर बताउने जानु गुप्ता छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी विरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित
लागूऔषध फेला परेको हो । पक्राउ परेका निज गुप्तालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा औषधी बरामद
पर्सा जिल्लाको धोबिनी गाँउपालिका ५ बंजारीस्थित सीमा ईलाकाबाट असार २७ गते विहान सशस्त्र प्रहरीले करीब १ लाख ७० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले उक्त औषधी बरामद गरेको हो । त्यसवेला भारतबाट नेपालतर्फ उक्त औषधी ल्याउँदै गरेका व्यक्तिहरुले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त औषधी सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको घडी बरामद
सशस्त्र प्रहरी बल नेपाल बिओपी मधुवनीबाट खटिएको टोलीले असार २६ गते करीब १ लाख ३६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका घडी बरामद गरेको छ । अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त घडी सशस्त्र प्रहरीले सर्लाही जिल्लाको गोडैता नगरपालिका १२ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । सशस्त्र प्रहरीले बरामद घडी मलंगवा भन्सार कार्यालयमा बुझाएको छ ।


