शनिबार, भाद्र २७ गते २०८३
images

एनआरएनए जापानमा गुरुङको उम्मेदवारी टोकियो

एक्सप्रेस पाना
आषाढ २०, २०७८ आइतबार
  • 260
    SHARES
  • गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० जापानको नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    images

     उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२१–०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने केन्द्रीय समितिको सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताउनुभयो ।

     उहाँले नेपाल–जापानमैत्री सम्बन्ध थप सुदृढ गर्न कूटनीतिक तथा जनस्तरबाट पहल गर्ने, व्यवसायी, श्रमिक, पेशागत तथा अन्य क्षेत्रमा आबद्ध भएकाका लागि कानूनी, भाषागत एवं अन्य समस्यामा सहयोग गर्दै विभिन्नरुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरको खोजीका लागि पहल गर्नेलगायत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    images