शनिबार, भाद्र २७ गते २०८३
images

एसइईको नतिजा साउन पहिलो सातामा सार्वजनिक हुने

एक्सप्रेस पाना
आषाढ २८, २०७९ मंगलबार
  • 609
    SHARES
  • एसइईको नतिजा साउन पहिलो सातामा सार्वजनिक हुने

    असार २८ काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसइईको नतिजा साउन पहिलो सातामा सार्वजनिक हुने भएको छ ।

    images

    माध्यामिक शिक्षा परीक्षा एसइई परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तर पुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

    यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यालयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने, ‘असार मसान्तभित्र गर्ने भनेर तयारी थालेका थियौँ । तर, उत्तर पुस्तिका सङ्कलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुने भयो । सम्भवतः साउन पहिलो साताभित्र सार्वजनिक गर्छौँ ।’

    images

    राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भई नसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसइईको परीक्षण भइसकेको उत्तर पुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा जम्मा गरिएको थियो ।