भाद्र ८ काठमाडौं । आज मंगलबार शेयर बजार नेप्से ५६ अङ्कले घटेर तीन हजार एक सय २४ दशमलव ८७ विन्दुमा झरेको छ ।
आज विकास बैंक समूहको शेयर दुई सय ४४ अङ्कले, जलविद्युतको शेयर दुई सय ३२ अङ्कले घटेको छ । यस्तै आज बैंकिङ समूहको शेयर दुई सय दुई अङ्कले, व्यापारको ६२, होटलको १७, उत्पादनको एक सय ५७, अन्यको ३०, माइक्रोफाइनान्सको ३१ र जीवन बीमा समूहको शेयर एक सय ४३ अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २५ कम्पनीका दुई करोड ५३ लाख १६ हजार कित्ता शेयर १६ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावरको ७५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १६ जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । गुराँस फाइनान्स र जीवन विकास लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।


