केटाले छोरी माग्ना जान्छ पहिलो सुरुमा
जहान मिलि मिलाउ भन्छ ठुलाले बिहेमा
विवाह पक्का गरेर लुगा किन्न नै जान्छ्न्
गहनामा आँखा पनि सबैको पर्छन्
।।।
पढेर मन्त्र हुन्छ है बिहे खुसिले सबैको
रिवाज साथै विवाह हुन्छ मिलेर सबैको
मेहेन्दी हल्दी हुन्छ है सबै एउटा बिहेमा
मिलेर सबै गाउने नाच्ने गर्छन बिहेमा
।।
लगाई लुगा लगाई सुन बेहुली चिटिक्कै
लजाई बस्ने गर्छिन् केटि नबोली फिटिक्कै
अन्माई लान्छ घरमा बधु बाजा नै बजाई
बेहुली रुन्छे घरनै छोड्दा माइती सम्झिदै
दिलास्मा खड्का
मकवानपुर( कक्षा-९ नवोदय शिशु सदन )

