शनिबार, भाद्र २७ गते २०८३
images

कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 293
    SHARES
  • कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट

    असार ३० कञ्चनपुर । भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितकोे उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ । प्रहरीले घटना बारे अनुसन्धान थालेको छ ।