शनिबार, भाद्र २७ गते २०८३
images

खैरो हिरोइनसहित चार पक्राउ

एक्सप्रेस पाना
आषाढ ३१, २०७९ शुक्रबार
  • 352
    SHARES
  • खैरो हिरोइनसहित चार पक्राउ

    असार ३१ काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध पिपलबोटमा लागुऔषध कारोबारमा संलग्न चार जनालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    images

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय नीमा लामा, मोरङ शनिश्चरेका २९ वर्षीय किसान आङदेम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ शनिश्चरेका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् । ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अवैध रुपमा लागुऔषध बोकेर बिक्री वितरण गर्न हिँडेको अवस्थामा बौद्धबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।