शनिबार, भाद्र २७ गते २०८३
images

विद्यालयलाई जग्गा दान

एक्सप्रेस पाना
आषाढ ३२, २०७९ शनिबार
  • 609
    SHARES
  • विद्यालयलाई जग्गा दान

    मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ११ नवलपुरका ८१ वर्षीय मित्र बहादुर पुडासैनी र हेटौंडा ३ बसाहामाडीका ६८ वर्षीय मीन बहादुर पुडासैनीले विद्यालयलाई जग्गा दान गरेका छन्। इन्द्रसरोबर गाउँपालिका २ मा रहेको श्री पन्चकन्या माध्यामिक विद्यालयका लागि सयुक्त रुपमा ७ आना जग्गा दान गरेका हुन् ।

    images

    उक्त जग्गा स्कुल स्थापनाको लागि ०३४ सालमा दिइएको र हाल जग्गा कानुनी रुपमा पास गरिएको हो । उक्त समयमा विद्यालयसँग जग्गा नहुँदा भवन निर्माणमा समस्या देखिएको थियो। भवन नहुँदा विद्यार्थी साँघुरो भवन तथा खुला चौरमै पढ्न बाध्य थिए। यसैलाई मध्यनजर गरि स्कुलको भवन निमार्णका लागि राजिखुसीले जग्गा दान गरेको वृद्ध मित्र बहादुर पुडासैनी बताए। उहाले आफ्नो स्वर्गीय पिता झम्क बहादुर पुडासैनी र माता स्वर्गीय रत्न कुमारी पुडासैनीको स्मृतिमा दिएको बताए ।

    उक्त जग्गा हाल करिब ३० लाख बराबरको मुल्य हो ।

    images