शनिबार, भाद्र २७ गते २०८३
images

आजदेखि लागु भयो, इसीडी शिक्षकको बढेको तलब

एक्सप्रेस पाना
श्रावण १, २०७९ आइतबार
  • 390
    SHARES
  • आजदेखि लागु भयो, इसीडी शिक्षकको बढेको तलब

    साउन १ काठमाडौं । आजदेखि शिक्षकको बढेको तलब लागु भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेको थियो ।

    images

    राष्ट्रसेवक कर्मचारीअन्तर्गत शिक्षक पनि पर्ने भएकाले आजदेखि माध्यमिक तहको शिक्षकको तलब ४३ हजार ६८९ पुगेकाे छ । त्यसैगरी निम्न माध्यमिक तहको शिक्षकको तलब ३४ हजार ७३० र प्राथमिक तहको शिक्षकको ३२ हजार ९०२ पुगेकाे छ । 

    यो तलबमानमा २ हजार महंगीभत्ता पनि थप हुनेछ । त्यसैगरी प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) का लागि पनि संघीय सरकारले बढाएको २ हजार रूपैयाँ लागु भएको छ ।

    images

    यही महिनादेखि इसीडी शिक्षकलाई संघीय सरकारले १० हजार रूपैयाँ पठाउनेछ । ७ हजार रूपैयाँ स्थानीय सरकारले दिनुपर्ने हुन्छ । विद्यालय कर्मचारीको तलबको विषयमा भने संघीय सरकारले केही निर्णय गरेकाे छैन ।