साउन १ काठमाडौं । बैतडीमा सुस्त मनस्थिति भएकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ४ का अन्दाजी ३२ वर्षीय ललित चुनारा र ५१ वर्षीय गोपी चुनारा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मानसिक सन्तुलन गुमाएकी २० वर्षीया ती अपांग युवतीलाई बलात्कार गरेको आरोपमा शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो ।

