शनिबार, भाद्र २७ गते २०८३
images

एटिएम फोर्न खोजेको दृश्य सिसिटिभीमा देखिएपछि......

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 377
    SHARES
  • एटिएम फोर्न खोजेको दृश्य सिसिटिभीमा देखिएपछि......

    साउन २ कास्की । पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा एक युवक पक्राउ परेका छन् । 

    images

    नगद रकम चोरी गर्ने उद्धेश्यले एटिएम मेशिन फुटाउन खोजेको अभियोगमा प्रहरीले सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई पक्राउ गरेको हो । 

    उनले मेशिन फुटाउन प्रयत्न गरेको सिसिटिभी फुटेजमा देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले गत शनिवार बैंकको मेशिन फुटाउन खोजेका थिए । उक्त दृश्य सिसिटिभीमा कैद भएको थियो । उक्त दृश्य देखेपछि बैंकले आइतवार प्रहरीले खबर गरेको थियो । उनी आइतवार नै पक्राउ परेका थिए । 

    images

    प्रहरीले सिसिटिभी फुटेजकै आधारमा उनको पहिचान गरी पक्राउ गरेको जनाएको छ । उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।