आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज देशका यी चार प्रदेशमा भारी वर्षा

एक्सप्रेस पाना
श्रावण ३, २०७९ मंगलबार
  • 427
    SHARES
  • आज देशका यी चार प्रदेशमा भारी वर्षा

    साउन ३ काठमाडौं । आज मंगलबार देशभर हाल आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    images

    आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    राती पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 
     
    भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # मौसम