जनकपुरधाम, ९ भदौ / किसानले जहिल्यै रासायनिक मल अभाव झेल्नु परेको छ । यो पटक पनि धान गोडमेल गर्ने बेलामा मल नपाउँदा प्रदेश २ का किसान हैरान छन् ।
‘अहिले धानमा मल हाल्ने बेला भयो, तर मल अभाव छ,’ धनुषा कमला नगरपालिका बल्हासघाराका किसान हबिब राईने भने,‘मल नहाली त कसरी धान फल्ला र खोइ ?’
धान रोपाइँ अघि र पछि धानमा युरिया, डिएपी र पोटास मल चाहिने भए पनि धनुषा र महोत्तरीका किसानले पाएका छैनन् ।
जनकपुरस्थित कृषि सामग्री कम्पनीले पनि कृषकको आवश्यकताअनुसार मलखाद्य उपलब्ध गराउन नसकिरहेको स्वीकार गरेको छ ।
कृषि सरकारी तथा फर्ममार्फत किसानई युरिया ३ हजार ८ सय ६८ टन, डिएपी ३ हजार ८७३ टन र पोटास ७ सय २६ टन वितरण भएको लिमिटड जनकपुरका प्रमुख रामकुमार चौधरीले बताए । ‘यहाँ मलको माग बढीे छ, तर मागअनुसारको आपूर्ति हुन सकिरहेको छैन,’ उनले भने ।
केन्द्रीय कार्यालय काठमाडौंबाट नै आपूर्ति नहुँदा समस्या भएको उनले बताए । सरकारले युरिया बोराको ८ सय २, डिएपीको २ हजार २५१ र पोटासको १ हजार ६५१ रुपैयाँ तोकिएको छ । ती सहकारीले ढुवानी बापत बढीमा प्रतिबोरा सय रुपैयाँ थप गरेर बिक्री गर्न सक्छन् । तर, २५ देखि ३५ प्रतिशत बढी मूल्यमा बिक्री हुने गरेको छ ।
धनुषा औहरी गाउँपालिका बेचन साहले भने, ‘किसानका वारेमा राम्रो सोच्ने नेता कहाँ छन् ?’ किसानको समस्यालाई संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले वेवस्ता गरेको धनुषा कुर्थाका ललन पण्डितले बताए ।
मलखाद्यको जिम्मेवारी संघ सरकारको हो : प्रदेशमन्त्री
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले रासायनिक मलको जिम्मेवारी प्रदेश सरकारको नभई संघ सरकारको रहेको बताए ।
किसानलाई आवश्यकता अनुसारको मल उपलब्ध भइरहेको छैन, त्यो हामीलाई पनि थाहा छ,’ मन्त्री साहले भने, ‘हामीले केही गर्न सक्दैनौँ, रासायनिक मलको जिम्मेवारी संघ सरकारले आफैँसँग राखेको छ, त्यसकारण प्रदेश सरकारले यसमा केहि गर्न सक्दैन ।’
‘अन्य प्रदेशभन्दा प्रदेश २ मा खेती पनि बढी हुन्छ,’ मन्त्री साहले भने, ‘तर यो प्रदेशमा आवश्यकता अनुसार कहिले आपूर्ति हुँदैन ।’ साभार :न्युज कारखाना
.jpg)


